English

Full Package Of Entertainment.

शंकर थापा ‘स्माईल’को‘सार्टनैको चोली’मा सरोज र आश्मा (भिडियो)

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

ग्ल्याममान्डु, काठमाडौं –चर्चित  गायक तथा संगीतकार शंकर थापा ‘स्माईल’को नयाँ रोमान्टिक गीत ‘सार्टनैको चोली’रिलीज भएको छ । गीतमा अम्बिका गुरुंगको शब्द, शंकरको संगीत तथा स्वर रहेको छ भने महिला स्वर दीपा लामाले दिएकी छन् ।

 

सार्वजनिक गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा बिश्वकर्माको अभिनय रहेको छ । एक समारोहमा कारणवश सहयोगी बनेका सरोजले आश्मालाई मन पराएको र प्रेम दोहोरो हुन गएको भिडियोमा देख्न सकिन्छ । यो भिडियोलाई सुब्रत राज आचार्यले निर्देशन गरेका छन् भने गम्भीर बिष्टले कोरियोग्राफी गरेका छन् ।

आफ्ना पहिलेका गीतहरु जसरी नै यो गीतलाई पनि दर्शक श्रोताले अत्याधिक मन पराउने गायक तथा संगीतकार थापाको बिश्वास छ । ‘सेल्फी हानौँला पछि धेरै रमाईला गीतहरुमा काम गरियो त्यो मध्ये यो एक हो । यो गीतबाट धेरै अपेक्षा गरेको छु’, थापाले बताए ।

यो गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन तथा नबिन निरौलाको सम्पादन तथा कलर ग्रेडिंग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • उत्साहित (50%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 21
  •  
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

Leave A Reply

Your email address will not be published.