ग्ल्याममान्डु, काठमाडौं – नजिकीदै गरेको नेपाली नारिहरुको महान चाड तीजको अवसरमा बजारमा तीजको गीतको लहर शुरु भएको छ । हरेक बर्ष तीजको लागी भनेर धेरै थरीका गीतहरु आउने गर्छन् । त्यसरी नै यस वर्ष पनि दिनँहु तीजको गीत सार्वजनिक हुने क्रम जारी नै छ ।
सोही क्रममा गायक बद्री पंगेनी र गायिका कविता अर्यालकको स्वरमा रहेको ‘स्यानीटाईजर घसेर’ भन्ने नयाँ तीजको गीत सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियोमा शंकर बीसी, अञ्जली अधिकारी, र योगीस्ना खत्रीले अभिनय गरेका छन् ।
बद्री पंगेनीको संगीत रहेको यस गीतलाई कृष्ण फिल्म्स एण्ड एडभरटाइजिङले बजारमा ल्याएको हो ।
‘स्यानीटाईजर घसेर’ भिडियो हेर्नुस :
