ग्ल्याममान्डु,काठमाडाैँ –चर्चित नेपाली गायक महेन्द्र रायमाझी आफ्नोे गीत ‘हेर यी आँखामा’को लिरिकल भिडियो सार्वजनिक गरेका छन्।
युवा गीतकार डिपी खनालको शब्द रचनाको गीतलाई युवा संगीतकार शंकर थापा (स्माइल)ले संगीतबद्ध गरेका हुन् । गीतमा विश्व अधिकारीको संगीत संयोजन छ ।
युवराज वाइवाद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री तथा मोडल रीमा विश्वकर्मा तथा नयाँ कलाकार मिलन खड्काले उत्कृष्ट अभिनय गरेका छन् । भिडियोमा रीमा र मिलनको जोडी आकर्षक देखिएको छ ।
भिडियोलाई उत्सव दाहालले छायांकन गरेका हुन् भने निशान घिमिरे यो भिडियोका सम्पादक हुन ।
हेर्नुहोस भिडियो
