English

Full Package Of Entertainment.

नविन नेपालको पञ्चेबाजाको गीत ’हुनेवाली बुहारी’ (भिडियो )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममाण्डू, काठमाडौँ– नविन नेपालको पञ्चेबाजाको गीत ’हुनेवाली बुहारी’ सार्वजनिक भएको छ । सो गित स्पन्दन मिडियाको युट्युब च्यानलबाट  सार्वजनिक भएको हो ।

माया प्रेम र बिबाहको सन्दर्भलाई जोडिएको गीतमा चर्चीत गायक रविन लामिछाने र गायीका सम्झना भण्डारीको आवाज रहेको छ भने रविन लामिछाने को नै लय र शब्द रहेको छ ।

चितवनका पत्रकार तथा पर्यटन व्यवशायी नविन नेपालले निर्माण गरेको “हुनेवाली बुहारी” गित निकै उत्कृष्ट बनेको गित हेरेरनै थाहा पाउन सकिन्छ । नेपालका अनुशार मंसीर महिना पनि भएको र पञ्चेबाजा आफैमा नेपालीको संस्कृती पनि भएको हिसाबले सबैलाई मनोरञ्जनसंगै पञ्चेबाजाको धुन सबैको मानसपटलमा गुञ्जयमान बनाउन सकियोस भन्ने हेतुले गित निर्माण गरेको जानकारी दिए ।

सो गितमा बिश्वास नेपालको संगीत संयोजन रहेको छ भने पबित्रा न्यौपाने र प्रेम थापाको साथमा सन्तोष भट्टराईको अभिनय रहेको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको सो गीतलाई प्रकाश खड्काले खिचेका हुन भने राजेश कुमारले सम्पादन गरेर स्पन्दन मिडियाले बजारमा ल्याएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments