English

Full Package Of Entertainment.

संजय श्रीपालको आवाजमा “घर बिगारा २ ” (भिडियो)

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares

संजय श्रीपालको आवाजमा “घर बिगारा २ ” सार्वजानिक भएको छ।

अहिले कोरोना भाइरसको महामारीमा फसेको छ । यो अवस्थामा पिंडा सबैलाई भएता पनि आफ्नो देशको चिन्ता अलि बढी सबैलाई हुने गर्दछ । हाम्रो देश नेपाल, जहाँ गरिबीको कारणले धेरै नेपालीहरु पर्देशिन बाध्य बनेका छन् । राज्यले बेरोजगारी समस्याको समाधान गर्नुको सट्टा अहिलेको सक्रमणको घडीमा बाध्यता बस परदेशिएका नेपालीहरुलाई उद्धार गर्न समेत नसकिरहेको गुनासोहरू सुन्न सकिन्छ ।

यी र यस्तै परिस्थितिलाई केन्दित गर्दै नेपाली गीत संगीतको क्षेत्रमा बेलाबखत बिभिन्न गीतह? आइरहेका हुन्छन् । सोहि क्रममा भर्खरै मात्र असंख्य श्रोता तथा दर्शकहरुको रोजाईमा आधारित रहेर समाजको बास्तविक जिवन भोगाईलाई आधार बनाइएको घर बिगारा गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

गायक संजय श्रीपालको आवाजमा रहेको गीत बजारमा आए सगै चर्चाको शिखरमा रहेको छ । विदेशमा धन कमाउनको लागी गएको श्रीमान लाई श्रीमतीले घात गर्दाको पिडालाई गीतमा समेटिएको छ ।

संजय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । रामु विरहीको छायाँकन तथा मनोज कार्कीको सम्पादन र संजय श्रीपालीको निर्देशन भिडियोमा रहेको छ । “घर बिगारा २ ” गीत विशुद्ध रुपमा संजय श्रीपाल, कुशल सुनार , पुष्पा रसाइली , प्रेम सिंह र चम्पा देवीको अभिनय गीतमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 10
  •  
  •  
  •  
  •  
  •  
  •  
    10
    Shares