Full Package Of Entertainment.

डिपी खनालको शब्दलाई स्रोताको माया, फनफनीलाई हेरियो ११ लाख पटक

  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares

धुर्मुस-सुन्तलीको प्रस्तुति सिनेमा ‘सेन्टी भाइरस’को पहिलो गीत “फनफनी’ लाई दर्शकले मनपराएका छन्।

गीतलाई अहिले सम्म यूट्यूबमा झन्डै १२ लाख हेरिसकिएको छ।

शंकर थापा स्माइलको संगीतमा बनेको गीतमा कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ । भने, गीतको शब्द रचना डिपी खनालले गरेका छन् ।शंकर बिसी गीतका कोरियोग्राफर हुन्।

‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङको निर्देशन रहेको फिल्ममा ‘धुर्मुस-सुन्तली’ सँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । सिताराम र कुञ्जनाको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस्को ब्यानरमा डिन्डु लामा ह्योल्मोको लगानीमा फिल्म ‘सेन्टी भाइरस’ बनेको हो ।

फिल्म फाल्गुन ९ गते रिलिज हुदै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (75%)
  • उत्साहित (25%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 188
  •  
  •  
  •  
  •  
  •  
  •  
    188
    Shares

Comments