English

Full Package Of Entertainment.

सोफियाको तिजको गित ‘अबको तिज नो व्रत प्लीज’ विवादमा !

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

ग्ल्याममान्डु, काठमाडौं – गायिका सोफिया थापाले नयाँ तिजको गीत सार्वजनिक गरे लगत्तै विवादमा परेको छ । गत सोमबार ‘अबको तिज नो व्रत प्लीज’ बोलको गीत सार्वजनिक भएको थियो । उनले त्यो गीत सार्वजनिक गरे पश्चात फोन कल मार्फत गित नहटाए भौतिक क्षति हुने धम्की आइरहेको बताएकी छिन् । उनले यसै धम्कीका कारण आफ्नो ज्यानको सुरक्षा गरिपाउँ भनेर प्रहरीमा उजुरी दिएकी छन् ।
त्यसैगरी हिन्दु जागरण नेपालद्धारा भिडियो निकालेर यो गित हटाउन चेतावनी दिइएको छ । यसले नेपालको मौलिकता र हिन्दुत्वको खिल्ली उडाएको र हिन्दु धर्म र संस्कृतिको बारेमा गलत सन्देश दिएको भन्दै आलोचना गरिएको हो ।
उनी आफै पनि हिन्दु भएकाले तिजको व्रत बस्ने गेरकी छन् । उनले त्यो गीतमा महिला र पुरुष बराबर हुन भन्ने सन्देश व्यक्त गरेको बताएकी छन् र कसैको पनि दबाबमा युटुव बाट गित नहटाउने भनेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 4
  •  
  •  
  •  
  •  
  •  
  •  
    4
    Shares

Comments