English

Full Package Of Entertainment.

हेर्ने हैन त केकी अधिकारीकाे अभिनयमा बनेकाे भोजपुरी गित ‘हमनिके भागिया’ ?

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

ग्ल्याममाण्डु काठमाडाैं – लोकप्रिय गायिका इन्दु सोनालीको सुमधुर स्वर र केकी अधिकारीकाे अभिनयमा बनेकाे भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौं चर्चित भोजपुरी गीतहरुमा आफ्नो जादुमय आवाज भर्न सफल गायिका इन्दु सोनाली बलिउडमा समेत प्रख्यात रहेकी छिन् ।

यस्तै, उपेन्द्र सहानीको शब्दमा सुप्रशिद्द संगीतकार शिखर सन्तोषको संगीत रहेको भोजपुरी गित ‘हमनिके भागिया’ को म्युजिक भिडियोलाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने पुर्णेन्द्र झाले निर्देशन गरेका छन् ।

त्यसैगरी, उक्त भिडियोमा लोकप्रिय नायिका केकी अधिकारी र बिजय यादब निर्बिजको ससक्त अभिनय रहेको छ भने म्युजिक भिडियोको परिकल्पनाकार तथा निर्माता प्रभु शाह रहेका छन् । सुप्रशिद्द संगीतकार शिखर सन्तोषले चर्चित भोजपुरी चलचित्र, दर्जनौं भोजपुरी गित तथा बलिउडका चर्चित गायक गायिकाहरुको लागि समेत संगीत भरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

Comments