English

Full Package Of Entertainment.

अशोक दर्जीको नयाँ गीत ‘प्रणाम’ सार्वजनिक (भिडियो)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

ग्ल्याममान्डु, काठमाडौं । अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ । दर्जीको ‘प्रणाम’ बोलको गीत शुक्रवार सार्वजनिक भएको हो ।

टंक बुढाथोकीको शब्द तथा सङ्गीत रहेको गीतमा अशोक दर्जी र एआर बुढाथोकी फिचर्ड भिडियो रहेको छ ।

टंक स्वयमले निर्देशन गरेका भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन मनोज कार्कीको रहेको छ । गीत को भिडियोमा अशोकको गीत सङ्गीतको दुनियाँमा आउनु अघिको जीवन र उनले पाएका सफलतालाई पनि समावेश गरिएको छ ।

यस अघि गायक सङ्गीतकार टंक बुढाथोकी र एआरको संयुक्त आवाजमा गाउँदै आएका दर्जीले पहिलो पटक एकल गीत ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Comments