English

Full Package Of Entertainment.

‘मलाई फिल्ममा काम गर्दा लाउड गर्दैछु भन्ने थाहा हुँदैन’: सौगात

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘माछा माछा’ मंसिर २० गते देखि प्रर्दशन हुँदैछ । फिल्मको प्रर्दशन मिति नजिकिदै गर्दा सौगात लगायत फिल्म टिम प्रचार प्रसारमा व्यस्त छन् ।

यो फिल्ममा सौगात निडर र साथीहरुको लिडरको रुपमा प्रस्तुत भएका छन् । लुट फिल्मबाट ‘हाकु काले’को रुपमा चर्चा पाएका सौगातको यो फिल्ममा खासै फरक भुमिका छैन् । उनी प्राय फिल्ममा लाउड क्यारेक्टरमा देखिन्छन् । माछा माछामा उनको भुमिका लाउड नै रहेको छ। तर सौगातले आफुले फिल्ममा काम गर्दा लाउड भएको अनुभुति नहुने बताए । उनले भने, ‘मलाई आफ्नो कुरा बताउन आउदैन । मेरो भुमिका लाउड भयो भनेर दर्शकले भन्नु हुन्छ तर मलाई अरुले भनेपछि मात्र लाउड भएछ भनेर थाहा हुन्छ । मलाई फिल्ममा काम गर्दालाउड गर्दैछु भन्ने थाहा हुँदैन । लुटको कुरा गर्न पर्दा पनि मैले जसरी स्क्रिप्ट आयो त्यसरी गरेको थिए ।’

सुनिल गुरुङ माछा माछाबाट डेब्यु निर्देशन गर्दैछन् । उनले यो फिल्म आफुले बनाउन चाहेको जस्तो फिल्म बनेको बताए । फिल्ममा सौगात मल्लसँगै नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।

सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको यस फिल्ममा निर्देशक गुरुङकै लेखन रहेको छ । यो फिल्ममा निर्देशक रामबाबु गुरुङ र अभिनेता दयाहाङ राईको लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments