English

Full Package Of Entertainment.

महानायक राजेश हमालका १६ चलचित्रहरु

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

ग्ल्याममान्डु, काठमाडौं – लकडाउका कारण सबै भन्दा धेरै असर गरेको क्षेत्र मध्ये एक हो नेपालकोे सिनेमा जगत । लकडाउनका कारण देशको सबै हलहरु पूरै बन्द छन् जसको करण दर्जनौ रिलिजका तरखरमा रहेका फिल्महरु रोकिएका छन् भने नयाँ फिल्महरुको छायाँकन पनि पूरै रोकीएको छ  । यी हिसाबले नेपालको सिनेमा क्षेत्र बन्द भइ ठूलो आर्थिक क्षति भएको छ भने निर्माताको करौडौ रुपयाँ फसेको छ, यो हिसाबले यो क्षेत्रलाई कसरी उकासने भनेर बहस गर्न पर्ने बेला सिनेमा नगरी भने कलाकारहरु कोही ५ वर्ष अगाडीका कुरा निकालेर त कोही राजेश हमाललाई महानायक भन्ने की नभन्ने बहसमा लागेर विवाद गर्दै छन् ।

हामी कसैको पक्ष की विपक्ष नलिदै पूरै दर्शकलाई मनोरञ्जन दिने हिसाबले र राजेश हमालको कलाकारिता नहेरेका दर्शकहरुलाई युटुबमा रहेका उनका फिल्महरु प्रस्तुत गर्न खोजेका छौ ।

माटो बोल्छ

सयपत्री फिल्मले प्रस्तुत गरेको नेपाली कथानक चलचित्र ‘माटो बोल्छ’ रेस राज आचार्यले निर्देशन गरेका हुन् । चलचित्रमा लक्ष्मन शेसको संगित रहेको छ भने नरेन्द्र प्रधानले छायांकन गरेका हुन् । उक्त चलचित्रमा राजेश हमाल, बिपना थापा, दिनेश शर्मा, मेलिना मानन्धर, सुनिल थापा, निर शाह लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

साथी

’साथी’ राजेश हमाल र करिश्मा मानन्धरद्धारा अभिनीत हिट चलचित्र हो । लक्ष्मीनाथ शर्माको निर्देशन र मुरारी ठाकुरको छायांकान रहेको उक्त चलचित्र मान सरोबर फिल्मले प्रस्तुत गरेको हो । यो एउटा सामाजिक फिल्म हो । यस फिल्ममा गौरी मल्ल, निर शाह, बसुन्धारा भुसाल, मिथिला शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

गाँउले

राजेश हमालद्धारा अभिनीत थुप्रै चलचित्रमध्ये गाँउले’ पनि एउटा सुपरहिट नेपाली फिल्म हो जसमा राजेश हमालले गाँउले केटाको भूमिका निर्वाह गरेका छन् । यस फिल्मको निर्माता देव कुमारी कर्माचार्य हुन् भने दिपक श्रेष्ठले निर्देशन गरेका हुन् । यस फिल्ममा राजेश हमाल, बिपना थापा, गौरी मल्ल, दिपा श्री निरौला, सुनिल थापा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

युग देखि युग सम्म

युग देखि युग सम्म १९८८ मा बनेको लभस्टोरी फिल्म हो । राजेश हमालले यहिे चलचित्रबाट आफ्नो एक्टीङ करियर शुरु गरेका थिए । यस चलचित्रलाई छविराज ओजा र कुवेर शर्मा ले निर्माण र दिपक रायामाझीले निर्देशन गरेका हुन् । यस चलचित्रमा राजेश हमाल र कृष्टी मैनालीको मुख्य भूमिका रहको छ ।

अल्लारे

राजेश हमाल र करिश्मा मानन्धरद्धारा अभिनीत चलचित्र अल्लारे १९९७ मा बनेको हो । शम्बुजित बास्कोटाको लेखन रहेको छ भने अशोक शर्माले निर्देशन गरेका हुन् । यस चलचित्रमा नीर विक्रम शाह, नारायण त्रिपाठी, शुभद्रा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहको छ ।

अग्नि परीक्षा

नेपाली फिल्म अग्नि परीक्षाको निर्माण विष्णु प्रसाद तिमिल्सिना, तारानी प्रसाद कोइराला, तोप बहादुर परियार, उत्तम सिल्पाकार, विष्णु विजुछे, र दिनेश शर्माले गरेका हुन् । यसै गरी सुर्य बोहोराको निर्देशन र शम्बु बास्कोटा को छायांकान रहेको छ । यस चलचित्रमा राजेश हमाल, बिना बस्नेत, दिपक क्षेत्री लगायतका कलाकरहरुको अभिनय रहेको छ ।

चट्याङ

विश्वमुर्ति फिल्म प्रोडक्सनले प्रस्तुत गरको नेपाली फिल्म चट्याङ सामाजिक फिल्म हो । यसको निदेशन प्रताप सुब्बाले गरेका हुन् भने यसको छायांकन दिपक ढकालले गरेका हुन् । राजेश हमाल, गौरी मल्ल, रुपा राणा, दिनेश शर्मा, टिका पाहारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सकुन्तला

यस फिल्मले अपराध र घरेलु हिंसाको शिकार हुने महिलाहरुलाई देखाएको छ । हाम्रो समाजमा महिला विरुद्ध हुने हिंसा प्रति आवाज उठाउनु पर्छ भन्ने सिकाएको छ । राजेश हमालले यो फिल्ममा अलि भिन्न खालको भूमिका निभाएका छन् । उनी एक किन्नरको भूमिकामा खेलेका छन् । यस फिल्मलाई दिनेश श्रेष्ठले निर्देशन अम्रित शाहले छायांकन गरेका हुन् । यस फिल्ममा राजेश हमाल र अनु शाह मुख्य भूमिकामा छन् ।

बन्धन

‘बन्धन’ राजेश हमाल, करिश्मा मानन्धर, मेलिना मानन्धर, दिनेश शर्मा, प्रकाश पाठक, नारायण त्रिपाठी लगायतका कलाकारहरु द्धारा अभिनित चलचित्र हो । यस चलचित्रका निर्देशक रेस राज आचार्य हुन् । यसलाई नरेन्द्र प्रधानले छायांकन गरेका छन् ।

देउता

देउता’ एक लभस्टोरी फिल्म हो जसमा राजेश हमाल, सृजना बस्नेत र श्रावन घिमिरेको टेङ्रगल लभस्टोरी देखाइएको छ । यस फिल्मको लेखन तथा निर्देशन तुल्सी घिमिरेले गरेका हुन् ।

चोर

‘चोर’ राजेश हमाल र विपना थापा अभिनीत चलचित्र हो जसमा राम कुमार शर्माको निर्देशन र मुरारी ठाकुरको छायांकान रहेको छ । यस चलचित्रलाई चिरन्जीवी बस्नेतले निर्माण गरेका हुन् ।

दादागीरी

रोज रानाद्धारा निर्मित चलचित्र दादागिरिमा राजेश हमाल, बिराज भट्ट, विपना थापा, रेखा थापा, धिरेन शाक्य, गणेश उपे्रती लगायतका कलाकारहरु रहेका छन् । त्यस्तै मदन घिमिरेको निर्देशन र राजेन्द्र खडगीको द्धन्द रहेको छ ।

कुरुक्षेत्र

ओम श्री प्रोडक्सनले प्रस्तुत गरेको नेपाली  कथानक चलचित्र ‘कुरुक्षेत्र’ मा किशोर खनालको निर्माण र ग्यानेन्द्र देउजा को निर्देशन रहेको छ । यस चलचित्रमा राजेश हमाल, निखिल उप्रती, जल शाह दिनेश शर्मा आदि कलाकारहरुको अभिनय रहेको छ ।

एक नंबरको पाखे

‘एक नंबरको पाखे’ १९९९ मा किशोर रानाद्धारा निदेशन गरिएको चलचित्र हो जसमा राजेश हमाल र करिश्मा मानन्धर मुख्य भूमिकामा छन् भने रमेश उप्रेती, जल शाह, नीर शाह, बसुँधारा भुसाल सहयोगी भूमिकामा छन् । यस चलचित्रलाई मानसरोबर फिल्मले प्रस्तुत गरेको थियो ।

जय शिव शंकर

शुशिल पोखरेलको निर्माण र राजेन्द्र उप्रेतीको निर्देशन रहेको यो चलचित्रमा तीन दाजु भाईको कथा छ जसको नाम जय, शिव र शंकर हुन्छ । यस चलचित्रमा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट, मिथिला शर्मा, लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

छोरी बुहारी

छोरी बुहारी एक भावनात्मक चलचित्र हो जसको निर्देशन लक्ष्मीनाथ शर्माले गरेका हुन् । यस चलचित्रमा राजेश हमाल, पुजा चंद, नीर शाह, सुनिल थापा आदिका कलाकारहरुले अभिनय गरेका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave A Reply

Your email address will not be published.