62 - 62Shares
दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को ट्रेलर सार्वजनिक गरिएको छ।
फोकस इस्तार हिन्दीको युउटुव च्यानलबाट सार्वजनिक २ मिनट ४५ सेकेन्डको यो ट्रेलरमा केबल अभिनेता सुशान्त र अभिनेत्री सन्जना सांघीलाई देखाएको छ।
क्यान्सरसँग जुधिरहेकी सन्जनालाई संग रोमान्स गरिएको सिन र ट्रेलरमा सुशान्तको शब्दले सुशान्तका फ्यानलाई भावुक बनाउन सफल बनेको छ।
फिल्म २४ जुलाईमा डिज्ने प्लस हटस्टारमा रिलिज हुँदैछ। सब्सक्राइब गर्ने र नगर्ने सबै खाले दर्शकले निःशुल्क हेर्न पाउने छन्।
फिल्म जन ग्रीनको उपन्यास ‘द फल्ट इन आवर स्टार्स’ र यही नामको हलिउड फिल्ममा आधारित छ।

62 - 62Shares