English

Full Package Of Entertainment.

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचारा’को रिलिज मिति तय, निशुल्क हेर्न मिल्ने

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

ग्ल्यामान्डु, काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ को रिलिज मिति तय भएकाे छ । केहिदिनअघि आत्महत्या गरेका सुशान्तको फिल्म आउँदो महिना अर्थात् जुलाई २४ मा रिलिज गरिने भएको हाे ।

सन् २०१४ को अमेरिकी फिल्म ‘द फल्ट इन आवर स्टार्स’ को बलिउड रिमेक ‘दिल बेचारा’ सुशान्तको अन्तिम फिल्म बन्न पुगेको छ । यद्यपी यो फिल्म हलमा नभएर ओटीटी प्लेटफर्ममा रिलिज हुन लागेको हो। फिल्म डिज्नी प्लस र हटस्टारमा रिलिज हुने छ, साथै सबैले निशुल्क पनि हेर्न सक्ने बताइएकाे छ । कोरोना भाइरसको मामाहारीका कारण फिल्महलहरु बन्द रहेका छन् ।

मुकेश छाबडाको डेब्यू निर्देशित यो फिल्ममा सुशान्तको अपोजिटमा सञ्जना सांघीले अभिनय गरेकी छन् ।

सन् २००८ मा ‘किस देश में है मेरा दिल’ सिरियलबाट अभिनय करिअर सुरु गरेका सुशान्तले ‘पवित्र रिस्ता’ टेलिश्रृंखला, ‘काई पो चे’, ‘एम एस धोनीः अनटोल्ड स्टोरी’, ‘छिछोरे’ र ‘केदारनाथ’ जस्ता फिल्ममा अभिनय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Leave A Reply

Your email address will not be published.