Full Package Of Entertainment.

चलेन आर्यन र मिरुनाको ‘च च हुई’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आर्यन सिग्देल र मिरुना मगर स्टारर फिल्म ‘च च हुई’ गत शुक्रबार देखि प्रर्दशनरत छ । यो फिल्मले बक्स अफिसमा निकै कमजोर सुरुवात गरेको छ । कतिपय मल्टिप्लेक्समा एक जना दर्शक नभएर शो नै रद्ध भएको छ ।

आर्यन रोमान्टिक फिल्मको किंग मानिन्छन् । उनको पछिल्लो समय फिल्म फ्लप हुँदै आएको छ । फरक जनराको फिल्म गर्दा दर्शकले मन नपराएको भन्ने आर्यनको भनाई छ । हालै रिलिज भएको रोमान्टिक कमेडी फिल्म प्रति आर्यन र मिरुना दुवै आशावादी रहेका थिए । तर फिल्मले बक्स अफिसमा केहि कमाल देखाउन सकेन । फिल्म रिलिजकै दिनमै शो रद्ध हुदा आर्यनको दिन सकिएको भन्ने प्रतिक्रिया आइरहेको छ । निर्माण टिमले जाडोको मौसम भएर दर्शक हलसम्म नआएको बताएका छन् । दुई करोड लगानीमा बनेको फिल्मलाई लगानी उठाउनै चुनौति बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments