Full Package Of Entertainment.

सुपरस्टार विराज भट्टको ‘साङ्लो’को ट्रेलरलाई दर्शकले दिए हरियो झण्डा

  • 108
  •  
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

शुक्रबार मात्र सार्वजानिक गरिएको सुपरस्टार भट्टको फिल्म ‘साङ्लो’को ट्रेलरलाई दर्शकले रुचाएका छन्।  फिल्मको ट्रेलर सार्वजनिक गरिएको दूई दिन मै फिल्मलाई ५ लाख भन्दा बढी चोटी यूट्यूबमा हेरिसकिएको छ।

नायक विराज भट्टको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्र ‘साङ्लो” मा भट्टलाई एक्सन अवतारमा देख्न सकिन्छ । फिल्मको ट्रेलरबाटै फिल्म एक्सनले भरपुर रहेको देख्न सकिन्छ।

फिल्ममा विराज भट्ट, निकिता चण्डक, जयनन्द लामा, कामेश्वर चौरासिया, प्रकाश शाह, आरपी पन्त लगायतका कलाकारको मुख्य भूमिका छ ।

ल्ममा शिवम् अधिकारीको लेखन छ भने मानकृष्ण महर्जनको छायांकन, श्री श्रेष्ठको एक्सन, अर्जुन जीसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।

पूर्व मिस नेपाल निकिता चण्डक पनि चलचित्रमा रहेको कारण फिल्मको हाइप अझै बढेको छ।  चलचित्र माघको २४ गतेबाट रिलिज हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • उत्साहित (50%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 108
  •  
  •  
  •  
  •  
  •  
  •  
    108
    Shares

Comments