English

Full Package Of Entertainment.

स्पोर्टेज कार चलाउने रहर छ ? मासिक ४९ हजार किस्तामै पाईने

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

कियाले स्टाइलिस एसयुभी ‘स्पोर्टेज’ कार बजारमा ल्याएकाे छ। नेपालका लागि कोरियाली कार निर्माता कियाको एकमात्र अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले नबिल बैंकसँगको सहकार्यमा सरल किस्ताबन्दी योजना अघि सारेको हो ।

यो योजना अन्तर्गत मासिक किस्ता ४८ हजार ३८० रुपैयाँ (न्यूनतम) तिरेर कियाको लोकप्रिय स्पोर्टेज कार आफ्नो बनाउन पाइनेछ । शून्य प्रतिशत ब्याजदरको यो किस्ताबन्दी योजनामा सहभागी भई स्पोर्टेज कार किन्न मूल्यको ५० प्रतिशत मात्र डाउन पेमेन्ट गरे पुग्छ । बाँकी रकम आठ वर्ष लगाएर किस्ताबन्दीमा तिर्न पाइनेछ ।

देशभर छरिएर रहेका कियाका जुनसुकै आउटलेटबाट यो एसयुभी खरिद गर्दा पनि किस्ताबन्दी सुविधा पाइने कम्पनीको भनाइ छ । यो गाडी कन्टिनेन्टलले कोरियाबाटै आयात गरेर नेपालमा बिक्री–वितरण गरिरहेको छ ।

राजधानी उपत्यकामा गैरीधारा, महाराजगन्ज र जावलाखेलमा कियाका आउटलेट छन् । कम्पनीले ग्राहकलाई बिक्रीपछि प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउन पर्याप्त मात्रामा सर्भिस सेन्टरको व्यवस्था गरेको छ, जहाँ दक्ष इन्जिनियरको निगरानीमा प्रशिक्षित प्राविधिकले सेवा दिन्छन् ।

अल ह्विल ड्राइभ स्पोर्टेज अटोमेटिक र म्यानुअल ट्रान्समिसनमा उपलब्ध छन् । जीटी लाइन मोडलका यी कार कोरियाबाटै आयात गरिएको हो । किस्ताबन्दी योजना जनवरी १५ सम्मका लागि ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 57
  •  
  •  
  •  
  •  
  •  
  •  
    57
    Shares

Leave A Reply

Your email address will not be published.