English

Full Package Of Entertainment.

डिशहोमले ल्यायो नेपालकै पहिलो भोजपुरी च्यानल

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

ग्ल्याममाण्डू, काठमाडौं –नेपाली टेलिभिजनको दुनियामा डिशहोमले भरपुर मनोरञ्जनले भरिएकोभोजपुरी च्यानल संचालनमा ल्याएको छ ।

बिगतलामो समय देखी नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्स क्लु सिभ च्यानलहरु संचालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, वालवालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै वसेर नयाँनयाँ नेपाली चलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रशारण हुने प्लस मुभि जस्ता विभिन्न च्यानल संचालन गरिरहेको माभोज पुरी भाषाको मनोरञ्जनात्मक“भोजपुरी म्याजिक”नामक च्यानल पनि सुरु गरेको छ ।

भोजपुरी चलचित्र र गीतहरु प्रशारण हुने यस च्यानलले नेपालीदर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने छ । साथमा भोजपुरी भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रशारण गरिने छ जस वाट क्षेत्रिय भाषाको गीत गाउने स्थानिय कलाकारको प्रतिभालाई समेत नेपाल भर पु-याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ ।

आगामी दिनहरुमा पनि डिशहोमको ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामाग्री प्रशारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य कम्पनीले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

Comments