English

Full Package Of Entertainment.

पूर्व मिस नेपाल उषा खड्गीले तोडिन् जीपी तिमल्सेनासँग वैवाहिक सम्बन्ध

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले  वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएकी छिन।  खड्गीले एक कार्यक्रमको दौरान आफ्नो पति जीपी तिमिल्सिनाबाट अलग भएको बताएकी छिन् ।

उक्त कार्यक्रममा बोल्दै खड्गीले सम्बन्ध विच्छेद गर्नुकाे कारण आफू शारीरिक र मानसिक रुपमा नै दुर्व्यवहारमा परेको भन्दै अब एकसाथ अगाडि बढ्न नसक्ने बताएकी छिन् ।यस बिषयमा कुरा गरिरहदा, उनका आँखामा आँशु स्पष्ट देख्न सकिन्थाे ।

१७ बर्ष लामो सम्बन्धलाई उषा र जीपीले टुंग्याउने निर्णय गरेका हुन् । उनीहरुले २ बर्ष लामो प्रेम सम्बन्धलाइ करिब १५ बर्ष अगाडि बिहेमा परीणत गरेका थिए ।

उषाले, आफ्नो गाह्रो समयमा सहयोग गर्ने फ्यान र शुभचिन्तकलाई धन्यवाद  दिएकी छिन् । सन् २००३ मा बैबाहिक जीवनमा बाँधिएका उषा र जीपीको एक छोरा र एक छोरी पनि छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

Comments