English

Full Package Of Entertainment.

कति छ बलिउड अभिनेता शाहरूख खानकाे सम्पती ?

  • 727
  •  
  •  
  •  
  •  
  •  
  •  
    727
    Shares

नयाँ दिल्ली, ४ वैशाख । बलिउडका बहुचर्चित अभिनेता शाहरुख खान किङ खानका नामले प्रसिद्व छन् ।
बलिउडमा लामो समय बिताइसकेका शाहरुख पछिल्लो पटक १०० करोड कमाउने अभिनेताहरुको सुचीमा पर्छन् । भारतमा मात्र नभएर विश्वका धेरै देशमा उनका थुप्रै फ्यानहरू छन् । धेरै मानिहरू उनकाे व्यक्तिगत जिवनका बारेमा पनि जान्न चाहान्छन् । 
किङ खानकाे सम्पती कति हाेला ? याे प्रश्न धेरैले साेचेका हाेलान् । हामी आज उनकाे सम्पतीकाे बारेमा चर्चा गर्ने छाैं ।
उनको कुल सम्पत्ति ६ सय  मिलियन डलर रहेको छ । उनीसँग ग्राण्ड स्पोर्ट ७९९३ सिसि, १२ करोड भारतीय रुपैयाँ पर्ने अटोमेटिक कार, ३.९२ करोड पर्ने बेन्टले कन्टिनेन्टल जिटी ४.० करोड भारतीय रुपैयाँ पर्ने रोल्स रोयस फ्यानटम ड्रपहेड कप, २.२९ करोड पर्ने बिएमडब्लु आइ ८, ५३.७५ लाख भारतीय रुपैयाँ बराबरकाे अउडी ए६३५ टिडिआइ म्याट्रिक्स एडिसन १९६८ सिसि, १.२३ करोड भारतीय रुपैयाँ पर्ने बिएमडब्लु ७ सिरिज र १.१५ करोड पर्ने बिएमडब्लु ६ सिरिज रहेका छन् ।
यस्तै उनीसँग १०.६० लाख भारतीय रुपैयाँ बराबरकाे हार्ले डेबिडसन स्ट्रिट बाइक  रहेकाे छ। उनलाई यो बाइक रोहित सेट्टीले गिफ्ट दिएका हुन् ।
उनले ४ लाख ४० हजार भारतीय रुपैयाँ बराबरकाे ट्याग हिउर ग्राण्ड कारियारा कालिबर ‘घडी’  प्रयाेग गर्छन भने उनकाे ४ करोड भारतीय रुपैयाँ बराबरकाे कस्टम भ्यानिटी भ्यान रहेकाे छ ।
उनले सन् १९९५ मा २.५ मिलियन डलर पर्ने मन्नत बंगला किनेका थिए । हाल यो घर पर्यटकहरुको आकर्षको केन्द्र बनेको छ । यो घरको हालको मुल्य ३० मिलियन डलर रहेको छ ।
दुबईमा शाहरुखको २४.५ मिलियन डलर बराबरको सम्पत्ति रहेको छ भने सेन्ट्रल लण्डनमा २५ मिलियन डलर पर्ने अपार्टमेन्ट रहेको छ । उनले उक्त अपार्टमेन्ट सन् २००९ मा किनेका थिए ।
शाहरुखको दिल्लीमा पुरानो घर रहेको छ । उनले यस घरमा कुनै परिवर्तन गरेका छैनन् ।
यस घरको मुल्य हालसम्म निर्धारण गरिएको छैन ।उनले सन् १९९९ मा गाैरी खानसँग विवाह गरेका थिए । अहिले उनका ३ सन्तान रहेका छन् ।
सन् १९६५ मा जन्मीएका खानले  १९८० दशकबाटै धेरै टेलिभिजन धारावाहिकमा काम गरेर आफ्नो क्यारियर शुरू गरेका थिए । उनी दिवाना फिल्मबाट बलिउडमा प्रवेश गरेका थिए । यस्ता छन् शाहरूख खानद्वारा अभिनित चलचित्र :
 
वर्ष फ़िल्म चरित्र टिप्पणी
1992 दीवाना राजा सहाई
चमत्कार सुंदर श्रीवास्तव
राजू बन गया जेंटलमैन राजू (राज माथुर)
दिल आशना है करण
1993 माया मेमसाब ललित
किंग अन्कल अनिल
बाज़ीगर अजय शर्मा/विकी मल्होत्रा
डर राहुल मेहरा
1994 कभी हाँ कभी ना सुनील
अंजाम विजय अग्निहोत्री
1995 दिलवाले दुल्हनिया ले जायेंगे राज मलहोत्रा
ओह डार्लिंग ! ये है इंडिया हीरो
रामजाने रामजाने
त्रिमूर्ति रोमी सिंह
करण अर्जुन अर्जुन
ज़माना दीवाना राहुल मल्होत्रा
गुड्डू गुड्डू बहादुर
1997 दिल तो पागल है राहुल
परदेश अर्जुन सागर
1998 कुछ कुछ होता है राहुल खन्ना
दिल से अमरकांत वर्मा
2000 मोहब्बतें राज आर्यन
2001 अशोका अशोक
कभी खुशी कभी ग़म राहुल रायचंद
2002 देवदास देवदास मुखर्जी
2003 कल हो ना हो अमन माथुर
चलते चलते राज माथुर
2004 स्वदेश मोहन भार्गव
वीर जारा वीर प्रताप सिह
मैं हूँ ना राम शर्मा
2005 किशनलाल
2006 कभी अलविदा ना कहना देव सरन
डॉन विजय, डॉन
2007 चक दे इन्डिया कबीर खान
ओम शान्ति ओम ओम प्रकाश माखीजा, ओम कपूर
2008 रब ने बना दी जोडी सुरिन्दर साहनी, राज
2009 बिल्लू सुपरस्टार साहिर खान
लक बाय चांस
2010 दूल्हा मिल गया पवन राज गाँधी
माई नेम इज़ ख़ान रिज़वान ख़ान
2011 रा.वन जी.वन
डॉन २ डॉन
2012 जब तक है जान समर आनंद
2013 चेन्नई एक्सप्रेस राहुल
2014 हैप्पी न्यू ईयर चार्ली
2015 दिलवाले काली
2016 फ्यान (फिल्म) आर्यान खन्ना/गौरव छाब्रा
2017 डियर जिन्दगी
2017 रईस (चलचित्र)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 727
  •  
  •  
  •  
  •  
  •  
  •  
    727
    Shares

Comments