Full Package Of Entertainment.

राधेको सुटिङ स्थलमा सलमानले लागू गरे १५ कडा नियम

  • 1.3K
  • 4
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

काठमाडाैं – बलिउड सुपरस्टार सलमानको नयाँ फिल्म ‘दबंग ३’ छिट्टै रिलिज हुँदैछ । उक्त फिल्ममा सलमान पुलिस अफिसरको भूमिकामा देखिने भएका छन् ।

दबंग ३ रिलिज हुनुभन्दा अगावै उनको अर्को फिल्म ‘राधे’ को चर्चा सुरु भइसकेको छ । सलमान पनि फिल्म राधेलाई लिएर निकै उत्साहित बनेका छन् ।

फिल्म राधेको सुटिङ स्थलमा सलमानले केही कडा नियम लागू गरेका छन् । उनको नियम सुटिङ स्थलमा काम गर्ने सबैले अनिवार्य रुपमा पालना गर्नुपर्ने छ ।

फिल्म राधेको सुटिङका क्रममा जोडिएका कुनै पनि जानकारी फिल्म रिलिज हुनुभन्दा पहिले बाहिर नजाओस् भन्ने सलमानले चाहेका छन् । त्यसैले उनले सेटमा एक–दुई होइन, १५ नियम बनाएका छन् ।

सुटिङका क्रममा भएका कुरा बाहिर फैलाउन प्रतिबन्ध, तस्बिर खिच्न प्रतिबन्ध, अर्को व्यक्तिसँग अभद्र भाषा प्रयोगमा प्रतिबन्ध लगाउनुका साथै काम गर्नका लागि स्वस्थ वातावरण बनाउनुपर्ने नियम उनले लागू गरेका छन् ।

त्यसैगरी, उनले सेटमा कुनै पनि नयाँ कलाकारलाई सक्दो सहयोग गर्नुपर्ने र उनीहरुलाई हेप्ने, होच्याउने काम गर्न नपाइने नियम बनाएका छन् । यसका साथै, सलमानले सेटमा अनुशासन कायम गर्नुपर्ने नियम पनि लागू गरेका छन् ।

बान्द्रास्थित महबुब स्टुडियोमा आजकाल फिल्म राधेको सुटिङ चलिरहेको छ । सोही स्थानमा सलमानले यस्ता नियमको सूची तयार गरेका हुन् । राधेको निर्देशन प्रभुदेवाले गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (33%)
  • अचम्मित (33%)
  • दुखी (17%)
  • उत्साहित (8%)
  • आक्रोशित (8%)

  • 1.3K
  • 4
  •  
  •  
  •  
  •  
  •  
    1.3K
    Shares

YouTube

Comments
Loading...