Full Package Of Entertainment.

किन दिए परिवारले सलमानलाई बिग बोस छोड्न दवाब ?

  • 365
  • 2
  • 3
  • 5
  •  
  •  
  •  
    375
    Shares

भारतिय टेलिभिजन रियालिटी शाे बिग बोस १३ सिजन निकै चर्चाकाे शिखरमा छ । कार्यक्रमले निकै राम्रो टिआरपी पाएका कारण निर्माताले यसलाई पाँच हप्तासम्म बढाउने निर्णय पनि गरेका छन् । यो शो अब फेब्रुअरीमा समाप्त हुनेछ । कार्यक्रमको लगातारको सुटिङ र विभिन्न कमिटमेन्ट्सका कारण प्रस्तोता सलमान खानलाई अब उनको स्वास्थ्यले साथ नदिइरहेको भारतीय संचार माध्यमले बताएको छ ।

सलमान आफैंले पनि शोलाई छोड्ने बताइसकेका छन् । र उनलाई थुप्रै पटक अत्यधिक रिसाइरहेको पनि देख्न सकिन्छ । यस्तोमा हालै सार्वजनिक भएको रिपोर्ट अनुसार सलमानको परिवारले पनि स्वास्थ्यको समस्याका कारण सलमानलाई शो छोड्न भनेका छन् ।

ट्राइजेमिनल न्यूरलजियाबाट पीडित छन् सलमानः

स्रोतलाई उद्धृत गर्दै डेकन क्रोनिकलमा छापिएको रिपोर्टले सलमान ट्राइजेमिनल न्यूरलजियाबाट ग्रसित भएको र उक्त रोगका कारण उनी रिसाउन नहुने दाबी गरेको छ ।

यो रोग लागेकाहरुलाई अनुहारको मांसपेशी खुम्चाएपछि अत्यधिक पीडा हुन्छ । यस्तोमा कार्यक्रमका प्रतियोगीको व्यवहारमा जब सलमानलाई रिस उठ्छ तब त्यो उनीहरुको स्वास्थ्यको हिसाबले ठिक नभएको बताइएको छ । सलमानले पछिल्ला केही सिजनदेखि शो छोड्नेबारे कुरा गरिरहेका छन् तर हरेक पटक च्यानल र प्रोडक्सन हाउसले उनलाई मनाएर छोड्छन् तर यसपटक सलमान शो छोड्ने कुरामा अडिग भएको जस्तो देखिन्छन् । उनका आफन्तले पनि अहिले निर्मातालाई सुटिङको क्रममा सलमानलाई धेरै तनाव नदिन सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (40%)
  • दुखी (20%)
  • अचम्मित (20%)
  • उत्साहित (20%)
  • आक्रोशित (0%)

  • 365
  • 2
  • 3
  • 5
  •  
  •  
  •  
    375
    Shares

Comments