ग्ल्याममान्डु, काठमाडाैँ – हाल सम्पूर्ण नेपाली कलाकर्मीहरू मनिषा कोइरालाकाे समर्थनमा उत्रिएका छन् । नायिका मनिषा कोइरालाको एक ट्विटलाई लिएर भारतीय मिडिया तल्लो स्तरको गाली गलौज गरे पश्चात सम्पूर्ण नेपाली कलाकर्मीहरू उनकाे समर्थनमा उत्रिएका हुन् ।
यसै क्रममा नायिका ऋचा शर्माले पनि सामाजिक सञ्जालमा इन्स्टाग्राममा आफ्नो विचार व्यक्त गरेकी छिन् । ऋचाले लेखेकी छिन्-‘म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधैं हाकिम नै हुन्, माता वा पिता होइनन् ।’
त्यस्तै, उनले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटङ्कीभन्दा बढी आशा नै नगरेको भन्दै आफ्नाे आक्राेस व्यक्त गरेकी छिन् ।
