English

Full Package Of Entertainment.

अन्तत: प्रियंकाले सार्वजनिक गरिन् विवाह मिति, कहिले कस्दै छिन् लगन गाँठाे ?

  • 144
  •  
  •  
  •  
  •  
  •  
  •  
    144
    Shares

ग्ल्याममाण्डू, काठमाडौं – अहिले विवाहकाे माैसम चलिरहेकाे छ । विभिन्न नायिकाहरूकाे विवाहकाे चर्चा चलिरहँदा नायिका प्रियंका कार्कीले पनि आफ्नाे विवाहकाे मिति सार्वजनिक गरेकी छिन् । गत शुक्रबार अर्थात प्रेम दिवसकाे अवसरमा उनले आफ्नाे विवाहकाे मिति सार्वजनिक गरेकी हुन् ।

नायक आयुष्मान देशराज  जोशी र नायिका प्रियंका कार्कीले आउँदाे फागुन १५ गते बिहीबार अर्थात प्रियंकाकाे जन्मदिनकाे दिन विवाह गर्ने भएका छन् ।

लामाे समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत वर्ष इन्गेजमेन्ट गरेका थिए । यस्तै केहि हप्ता अगाडि प्रियंकाले आफ्ना निगटका साथीहरूलाई थाइल्यान्डमा भव्य ब्याच्लरेट पार्टी दिएकी थिइन् । त्यस पश्चात लगत्तै प्रियंका र आयुष्मान न्यू याेर्क घुम्न गएका थिए । जसलाई उनीहरूले ‘विवाह अघिकाे हनिमून’ काे नाम दिएका थिए ।

त्यसैगरी, नायिका प्रियंका कार्कीले केहि दिन अगाडि मात्र एक अन्तर्वातामा उनीहरूले नयाँ घर किनेकाे खुलाएकी थिइन् । अहिले उनीहरूकाे जोडी साेही घर सेटअप गर्नमा व्यस्त रहेका छन् ।

त्यस्तै, प्रियंकाले केहि समय विवाहका लागि कामबाट ब्रेक लिएतापनि चैत्रकाे पहिलाे साताबाटै आफु काममा ब्याक हुने बताएकी छिन् । हालसम्म विवाह कहाँ गरिने भन्ने बारेमा भने केहि खुलाइएकाे छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (50%)
  • खुशी (17%)
  • अचम्मित (17%)
  • उत्साहित (17%)
  • आक्रोशित (0%)

  • 144
  •  
  •  
  •  
  •  
  •  
  •  
    144
    Shares

Comments