21.9K 54 76 5 - 22KShares
२०१९ को मिस वर्ल्ड प्रतियोगितामा नेपालले मल्टिमिडिया अवार्ड जितेको छ ।
लण्डनमा जारी प्रतियोगितामा सहभागी मिस नेपाल अनुष्का श्रेष्ठले यो अवार्ड हात पारेकी हुन् । यसअघि गत वर्ष पनि मिस वर्ल्डको मल्टिमिडिया अवार्ड नेपालकै प्रतियोगी श्रृंखला खतिवडाले जितेकी थिइन् ।
विहिबार मल्टिमिडिया अवार्डको विजेता घोषित भएपछि मिस नेपाल अनुष्काले फेसबुकमार्फत आफ्ना शुभेच्छुकहरुलाई धन्यवाद ज्ञापन गरेकी छन् । आफुलाई यो अवार्ड जिताउन भोट गर्ने र प्रचारप्रसारमा सहयोग गर्ने सबैलाई उनले धन्यवाद भनेकी छन् ।
यस वर्षको मिस वर्ल्ड प्रतियोगिताको फाइनल आउँदो शनिबार लण्डनमा आयोजना हुंदैछ । यसअघि आफ्नो समुहमा हेड टु हेड च्यालेन्ज जितेर मिस नेपाल अनुष्काले प्रतियोगिताको शीर्ष ४० मा स्थान सुरक्षित गरिसकेकी छन् । उनी ब्युटी विथ पर्पाेजको विधामा पनि शीर्ष १० मा परेकी छन् । प्रतियोगितामा विश्वका १ सय २५ देशका सुन्दरीहरुको सहभागिता छ ।

21.9K 54 76 5 - 22KShares