English

Full Package Of Entertainment.

विवाहकाे रमझममा मस्त अनि व्यस्त आयांका, दुवैले लगाए मेहेन्दी

  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

ग्ल्याममाण्डू, काठमाडौं – हाल नायिका प्रियंका कार्की सारा कुरा भुलेर आफ्नाे विवाहकाे तयारीमा व्यस्त छिन् । नायक आयुष्मान देशराज  जोशी र नायिका प्रियंका कार्कीकाे विवाह भाेली (फागुन १५ गते बिहीबार) हुँदैछ ।

हिजाे मंगलबार उनीहरूकाे मेहेन्दी र संगीत कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे छ । मेहेन्दी कार्यक्रममा उनले हरियाे रङ्गको गाउन लगाएकी थिइन् । त्यस्तै, प्रियंकाले आयुष्मानकाे नाममा मेहेन्दी लगाउँदा आयुष्मानले पनि हातमा प्रियंकाकाे नाममा मेहेन्दी लगाएको तस्वीर सार्वजनिक भएको छ ।

दिउँसो मेहेन्दीको कार्यक्रम भएपछि बेलुकादेखि सुरु भएको संगीत कार्यक्रम मध्य रातीसम्म चलेको थियो । उक्त संगीतमा प्रियंकाकाे आमा, नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, वर्षा राउत, नायक संजोक कोइराला, आशिरमान देशराज श्रेष्ठ जोशीलगायतले आफ्नो प्रस्तुती दिएका थिए । उनकाे संगीतकाे तस्विर भने हालसम्म उपलब्ध गराइएकाे छैन ।

लामाे समय देखि प्रेम सम्बन्धमा रहेका उनीहरूले गत वर्ष इन्गेजमेन्ट गरेका थिए । यस्तै केहि हप्ता अगाडि प्रियंकाले आफ्ना निगटका साथीहरूलाई थाइल्यान्डमा भव्य ब्याच्लरेट पार्टी दिएकी थिइन् । त्यस पश्चात लगत्तै प्रियंका र आयुष्मान न्यू याेर्क घुम्न गएका थिए । जसलाई उनीहरूले ‘विवाह अघिकाे हनिमून’ काे नाम दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (50%)
  • आक्रोशित (50%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)

  • 151
  •  
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

Comments