Full Package Of Entertainment.

लकडाउनले पुन: जाेड्याे बलिउड सेलिब्रेटीकाे टुटेकाे सम्बन्ध

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares

ग्ल्यामाण्डु, मुम्बई-  काेराेना भाइरस संक्रमणबाट जाेगिन सरकारले भारतमा लकडाउन गरेसँगै ऋतिक रोशन र उनकी पूर्व पत्नी सुजैन खान नजिकिएका छन् ।

यसपटक कोरोना भाइरसको लकडाउनले यिनीहरू एकै छतमुनि सँगै बस्ने भएका हुन्। मोदी सरकारले लागू गरेको २१ दिनसम्म यी एकै घरमा लकडाउन हुनेछन्।

आफ्ना सन्तानका लागि यी दुई धेरैजसो समय सँगै पनि देखिन्छन्।ऋतिक रोशनले पूर्व श्रीमती सुजैनको तारिफ गर्दै तस्बिरसहित पोस्ट सेयर गरेका छन्। सन्देशमा उनले सुजैन आफ्ना सन्तानका लागि केही समयका लागि घर फर्किएको जानकारी दिएका छन्।

ऋतिक रोशन र सुजैन खान अलग्गिएको धेरै समय बितिसक्यो। तर यी दुईको सम्बन्धमा अहिले पनि खास दूरी छैन। सामाजिक सञ्जालमार्फत ती दुईले एकअर्कालाई समर्थन गरिरहेको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 46
  •  
  •  
  •  
  •  
  •  
  •  
    46
    Shares
Comments
Loading...