English

Full Package Of Entertainment.

दिवेश पोखरेल पुगे अमेरिकन आइडलको टप १० मा, दिए सबैलाई धन्यवाद

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं । अमेरिकन आइडलमा आफ्नाे जाेडदार प्रस्तुतीले संसारकाे मन जितिरहेका दिवेश पोखर टप १० मा पुग्न सफल भएका छन्। यसैबीच उनले आफूलाई टप १० मा पुर्याउने सबैलाई धन्यवाद दिएका हुन्। आफ्नाे फेसबुक मार्फत उनले विश्वभरबाट आफूलाई भोट गरेर सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

उनकाे पफर्मेन्सलाई दर्शकले मात्र हाेइन निणार्यकहरूले पनि उतिकै मन पराइरहेका छन्।उनको पफर्मेन्सलाई लिएर निणार्यकले अमेजिङ भन्दै हौसला प्रदान गरेका थिए । अमेरिकन आइडलले दिवेशको गायन कलाको प्रशंसा गर्दै एफोर्टलेस पफर्मेन्स भनेको छ ।

यसअघि दिवेशले आफ्ना लागि भोटको अपिल गरेका उनलाई सबैले साथ मात्र हाेइन भारी मत पनि दिएका थिए। उनले आफ्नो फेसबुक पेजमार्फत नेपाली भाषामा बोल्दै भोटको अपिल गरेका थिए ।

लुके ब्रायनसँगै केटी पेरी र लिओनेल रिची अमेरिकन आइडलको जारी १८ औं शृंखलाको निर्णायकमा  छन् ।

६ वर्षदेखि अमेरिकामा बस्दै आएका  दिवेश २० वर्षका हुन्  । आफैं गीत रचना, संगीत तथा गाउने  उनी आफ्ना गीत तथा सिर्जना आफ्नै यु–ट्युब च्यानल आर्थर गन मार्फत सार्वजनिक गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

Comments