English

Full Package Of Entertainment.

दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा, फाइनलमा पुग्ने सम्भावना बलियाे

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

काठमाडौं। नेपाली युवा गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ मा प्रवेश गरेका छन् । गत आइतबारको प्रस्तुतीमा उनले डिज्नेको ‘लिटल मर्मेड’ को ‘किस द गर्ल’ गीत गाएका थिए ।

याे सँगै दिवेश अमेरिकन आइडलको टप ७ सम्म पुग्ने पहिलो नेपाली हुन् । ‘आर्थर गन’का नामले परिचित उनले शुरुदेखि नै राम्रो प्रस्तुती दिंदै आएका थिए ।

आइडलको टप ७ सम्मको यात्रा तय गरेसँगै आफूलाई सहयोग गर्ने सबैप्रति धन्यवाद दिदै दिवेशले भने नेपाल र नेपालीलाई संसारमा चिनाउने आफ्नो प्रयास सफल हुँदै गएकोमा आफूलाई भाग्यमानी सम्झेको छु भन्दै भोट दिनुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

संसारबाट ठूलो माया र हौसला प्राप्त भइरहेका उनले आगामी दिनमा पनि यस्तै सहयोग गरिदिन अनुरोध समेत गरेका छन् । दिवेशले अमेरिकन आइडलको अडिसनदेखि टप ७ सम्म आइपुग्दा हरेक प्रस्तुतीमा जजबाट निकै राम्रो प्रतिक्रिया पाईरहेका उनकाे फाइनलमा पुग्ने सम्भावना पनि बलियाे बनेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

Comments