Full Package Of Entertainment.

विराज भट्ट अब बलिउड चलचित्रमा

  • 668
  •  
  •  
  •  
  •  
  •  
  •  
    668
    Shares

नेपाली अभिनेता विराज भट्टले  अब नेपाली चलचित्रमा नफर्किने कतिपयको विश्लेषण थियो । तर, गएको ४ वर्ष अगाडि उनले चलचित्र ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरे । यद्यपि, यो चलचित्र चलेन । कुनै समय एकसेएक सुपरहिट चलचित्र दिएका विराजको कमब्याक चलचित्रले हलमा घुँडा टेकेपछि धेरैले ‘बाघ बुढो’ भएको भन्दै टिप्पणी गरे ।

‘जय परशुराम’ को असफलतापछि उनी केही वर्ष पुनः भोजपुरी चलचित्रमै व्यस्त रहे । अब भने उनी नेपाली चलचित्रलाई निरन्तरता दिने सोचसहित फर्किएका छन् । यही माघ २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘साङ्लो’ बाट उनले ४ वर्षपछि नेपाली चलचित्रमा कमब्याक गर्दैछन् । यो चलचित्रको निर्देशन समेत उनी आफैंले गरेका हुन् । चलचित्रको गीत र ट्रेलर अहिले चर्चामा छ ।

अभिनेता विराजले भोजपुरी चलचित्रमा आफ्नो दबदबा कायम गर्दैगर्दा उनी बलिउड चलचित्रमा प्रवेश गर्न लागेको चर्चा पनि चलेको थियो । तर, उनले बलिउड चलचित्रमा ब्रेक पाएनन् । उनी आफ्नै लापवाहीले बलिउड फिल्ममा प्रवेश गर्न नसकेको बताउँछन् । हालै एक अन्तर्वार्तामा उनले आफू बलिउड चलचित्रका लागि सम्बन्धित ठाउँमा नगएको र अडिसन समेत नदिएको बताएका छन् ।

उनी आफूले बलिउड चलचित्रका लागि प्रयास नै नगरेको बताउँछन् । तर, उनलाई बलिउड चलचित्रमा प्रवेश गर्ने इच्छा भने छ । त्यसैले अहिले उनी मुम्बई धाइरहेका छन् । अभिनेता विराज भन्छन्, ‘बलिउडमा प्रवेश गर्ने सम्भावना मरेको छैन । चलचित्रकै शिलशिलामा मुम्बईतिर गइरहेको छु । गएको महिना मात्र मुम्बई गएर आएको हुँ । चाँडै त्यताको चलचित्रमा पनि देखिनेछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 668
  •  
  •  
  •  
  •  
  •  
  •  
    668
    Shares

Comments