Full Package Of Entertainment.

कसरी बाँधियाे बर्षा सिवाकोटी र प्रकाश सपुतको जोडी ?

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

चलचित्र ‘परदेशी २’ मा बर्षा सिवाकाेटी र गायक प्रकाश सपुतकाे जोडी बाँधिने भएकाे छ। नारायण रायमाझीले निर्देशन गर्ने फिल्म ‘परदेशी २’ का लागि निर्माण समुहले नायिका बर्षा सिवाकोटीलाई मुख्य नायिकाको रुपमा अनुबन्धित गरेको छ । तर यसको औपचारिक घोषणा भने निमार्ण समुहले चाँडै गर्ने बुझिएको छ ।

‘परदेशी’मा इन्डियन आइडलको उपाधी विजेता प्रशान्त तामाङ र नायिका रजनी केसीको जोडी थियो । सिक्वेलमा प्रकाश र बर्षा चयन भएका हुन् । फिल्ममा अर्की नायिका पनि रहने बुझिएको छ । ‘परदेशी २’ को छायाँकन केही सातामै सुरु हुनेछ ।

फिल्म ‘परदेशी २’ मा मुख्य नायकको रुपमा गायक प्रकाश सपुत पक्का भएका छन् । प्रकाशले यसै फिल्म मार्फत रजतपटमा नायकको रुपमा डेव्यु गर्न लागेका हुन् । सुपरहिट फिल्मको दोश्रो सिक्वेलमा प्रकाश र बर्षाको जोडी कस्तो देखिएला ?  त्याे भने हेर्नै पर्ने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 54
  •  
  •  
  •  
  •  
  •  
  •  
    54
    Shares

YouTube

Comments
Loading...