English

Full Package Of Entertainment.

चाैतर्फी विवादपछि नायिका आँचल शर्माले पनि गरीन् राहत वितरण

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

ग्ल्याममाण्डु, काठमाडौं । काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन करिब १ महिनादेखि देश लकडाउनकाे अवस्थामा छ । जस कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ ।

यस्ताे अवस्था धेरै नेपाली कलाकारहरूले राहत वितरण कार्यक्रम गर्दै आएका छन् । पछिल्लाे समय विभिन्न कुराले विवादमा तानिएकी नायिका आँचल शर्माले पनि राहत वितरण गरेकी छिन्। नायिका आँचल शर्मा र उदिप श्रेष्ठले आफ्नो टोलका एक सय परिवारलाई राहत वितरण गरेका हुन् ।

आर्थिक रुपमा समस्यामा परेका परिवारलाई आँचल र उदिपले खाद्यान्न सहयोग गरेका हुन् । आँचलले सामाजिक सञ्जालमार्फत आर्थिक समस्यामा परेकालाई सहयोग गरेको बताएकी छिन् ।

उनले सबैलाई एकजुट हुन र सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले क्षेत्रपात्री क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको र पुनः सहयोग गर्ने पनि बताएकी छिन् ।

‘म र उदिप जीले एउटा वेबसाइट निर्माण गरेर अनलाइनमार्फत जानकारी लिएर सहयोग गर्ने योजना बनाएका छौं, छिट्टै यसबारेमा जानकारी दिनेछु,’ आँचलले भनिन् ।

अरु नेपाली कलाकारहरुले ज्याला मजदुरी गर्दै आएका परिवारलाई सहयोग गर्दै आइरहेका छन् । केही समयअघिसम्म भने आँचलले बडो तामझामका साथ बिहे गरेको तर आर्थिक सहयोग नगरेको भन्दै विरोध भएको थियो । चाैतर्फि विवादकाबीच उनीहरूले राहत सामग्री  वितरण गरेका हुन् ।

नायिका शर्माले गत फागुन २९ गते डाक्टर उदिप श्रेष्ठसँग बिहे गरेकी थिइन् । बिहेमा उनले लगाएकाे १६ लाखको लेहेंगा, ६० लाखकाे गहना र चढेकाे हेलिकप्टरको विषयले निकै चर्चा पाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • अचम्मित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 132
  •  
  •  
  •  
  •  
  •  
  •  
    132
    Shares

Comments