English

Full Package Of Entertainment.

आस्था राउतलाई आजै पक्राउ गर्ने तयारी

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

जिल्ला प्रशासन कार्यालयले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ।

महानगरीय परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले राउत विरुद्ध प्रशासनमा पक्राउ पूर्जी जारी गर्न माग गर्दै निवेदन दर्ता गरिएको जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पूर्जी जारी भएपछि गायिका राउतलाई आजै पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा एक वर्षसम्म कैद र १० हजारसम्मको जरिवाना वा दुवै सजायको व्यवस्था रहेको छ ।

गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (20%)
  • दुखी (20%)
  • अचम्मित (20%)
  • उत्साहित (20%)
  • आक्रोशित (20%)

  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares

Comments