English

Full Package Of Entertainment.

कलिलो उमेरमै किन ज्यान फाले अभिनेता सुशान्त राजपुतले ?

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

ग्ल्याममान्डु,काठमाडाैँ – बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले कलिलो उमेरमै आफ्नाे ज्यान फालेका छन् । ३४ वर्षीय सुशान्तले  आज (आइतबार) बिहान मुम्बईकाे बान्द्रास्थित आफ्नै घरमा डोरीमा झुन्डिएर आत्महत्या गरेका हुन् । हालसम्म उनले आत्महत्या गर्नुकाे कारण भने खुल्न नसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भारतको पटनामा जन्मिएका उनी टीभी शोबाट निकै चर्चामा आएका थिए । उनको ‘केदारनाथ’ चलचित्र निकै चर्चित बनेको थियो । यसैगरी, उनकाे पछिल्लो सिनेमा सन् २०१९ मा छिचौरे प्रदर्शनमा आएको थियो । श्रद्धा कपुरसँग खेलिएको उक्त सिनेमा बक्स अफिसमा राम्रो चलेको थियो ।

‘किस देश मे हे मेरा दिल’ नामक हिन्दी टेलिशृङ्खलाबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका उनकाे निधनले सम्पूर्ण बलिउड क्षेत्र स्तब्ध बनेकाे छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (100%)
  • खुशी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

Comments