English

Full Package Of Entertainment.

कलिलो उमेरमै अभिनेत्री प्रेक्षाले किन लगाइन् पासो ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ –  चर्चित टीभी अभिनेत्री प्रेक्षा मेहताले आफ्नै घरमा फाँसी लगाएर आत्महत्या गरेकी छन् । क्राइम पेट्रोल, लाल इश्क र मेरी दुर्गाजस्तो कार्यक्रमकी कलाकार २५ वर्षीय मेहताले सोमबार बेलुका इन्दौरस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।

मर्नुभन्दा अगावै उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनको सुसाइट नोटको एक अंश सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । सुसाइट नोटमा उनले आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको उल्लेख गरेकी छिन् ।

उनले लेखेकी छिन्, “मेरो टुटेको सपनाले मेरो आत्मविश्वासको घाँटी अँठ्याएको छ । म मरेको सपना लिएर बाँच्न सक्दिनँ । यो नकारात्मक स्थितीमा बस्न मुश्किल छ । पछिल्लो एक वर्षदेखि मैले निकै कोसिस गरेँ । अब म थाकिसकेकी छु ।”

याे सँगै नाेटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार ठहर नगर्न आग्रह समेत गरेकी छिन् । (एजेन्सीकाे सहयाेगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments