English

Full Package Of Entertainment.

रोग नयाँ आउन थालीसक्यो तर हाम्रो सोचमा कहिल्यै नयाँपन आएन : पूजा शर्मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ – रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका जाजरकोटका नवराज विकको हत्या भएको समाचारले यतिबेला नेपाल तातेकाे छ ।

दलित भएकै कारण उनको हत्या भएको खबर बाहिरिएसँगै सामाजिक सञ्जालमा यसको चर्को विरोध हुनुका साथै दोषीलाई कारवाहीको माग समेत गरिएको छ । यसैक्रममा नायिका पूजा शर्माले पनि आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा एक पाेष्ट गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही हुनुपर्ने माग राखेकी छिन् ।

नायिका पूजा शर्माले लेखेकी छिन्, “रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो. समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने तथ्य कहिले बुझ्छौ होला है हामीले ? अब रोग सङ लड्नु कि छिमेकीको मिचाइ बाट लड्नु कि आफ्नै घर भित्रको अन्तर जातीय विभेद सङ लड्नु … साच्चै नै गाह्रो छ स्थिति.. भगवान हामी सबैलाई सध्बुद्धी र सहि बाटो देखाउ!! दोषीलाइ कडा भन्दा कडा कारबाही होस् सरकार..”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments