English

Full Package Of Entertainment.

फिल्ममा काम गरेको पैसा माग्न दुई हात जोड्नुपर्छ : पल शाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडौं । अभिनेता पल शाहले फिल्मको पारिश्रमिक माग्न हात जोड्नु् पर्ने स्थिती रहेको बताएका छन् । उनले निर्माता निर्देशकहरुसँग बर्षौसँग बिन्ती गरेपछि पैंसा पाउने स्थिती रहेको बताएका छन् ।

यस्तो छ पल शाहले गरेको फेसबुक पोष्ट
“फिल्मी क्षेत्रमा Nepotism(नातावाद्), कृपावाद्, ग्रुपिजम अनि Depression, Suicide को कुरा चलिरहदा अर्को एउटा कुरा उठाउन मन लाग्यो ।

– के तपाईंले परीश्रम गरे अनुसार समयमा आफुले पाउनु पर्ने पारिश्रमिक पाइराख्नु भएको छ ?

– के तपाईंले आफुले गरेको फिल्मको पैसा पाउन बर्षौ बर्ष सम्म Director, Producer सँग दुई हात जोड्नु परेको छ ?

– यो फिल्म गरेर आएको पैसाले अर्को ठाउँबाट ल्याएको ऋण तिरौला भन्ने सोच गरेको कलाकारलाई त्यहि फिल्मको पैसा पाउन बर्षौ बर्ष कुर्नु पर्दा त्यो कलाकारको दिमागमा के असर पर्ला ?

– आफ्नो फिल्मको Agreement अनुसार producer सँग payment माग्दा ” यो हाम्रो फिल्मले सोचेको जस्तो ब्यापार गरेन त्यसैले यो पैसा अहिले दिन सक्दैन म , यदि ५०% Discount (Consider) गरिदिने भए गर नभए पछी बिस्तारै दिउला भनेर २-३ बर्ष झुलाउदा त्यो कलाकारको मन मस्तिस्कमा कस्तो सोच आउला ?
र त्यहि Producerले भन्छ “हाम्रो Nepali Film Industry लाई बचाउनु छ्, एकले अर्कोलाई सपोर्ट गरी अघी बढ्नु छ । ”

हो, अब हामी सबैले सोच्नु पर्ने बेला आएको छ र त्यो व्यक्ति Depression को सिकार हुनु भन्दा पहिले नै सबैको सामु यो कुरा राख्नु पर्ने जरुरी भएको छ र सम्बन्धित निकायले ध्यान दिनुपर्ने अवस्था आएको छ ।”

फिल्मी क्षेत्रमा Nepotism(नातावाद्), कृपावाद्, ग्रुपिजम अनि Depression, Suicide को कुरा चलिरहदा अर्को एउटा कुरा उठाउन मन…

Paul Shah यांनी वर पोस्ट केले सोमवार, २२ जून, २०२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • दुखी (50%)
  • अचम्मित (25%)
  • उत्साहित (25%)
  • खुशी (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments