English

Full Package Of Entertainment.

नेपाल आउने तयारीमा मनिषा कोइराला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ – अभिनेत्री मनिषा कोइराला सीमा विवादका विषयमा आफ्नो मातृभूमी नेपालकाे समर्थनमा रहेकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेट्ने नक्सा जारी गर्नेबारे मन्त्रिपरिषदले गरेको निर्णयबारे खुशी व्यक्त गरेर गरेको ट्विटलाई रिट्वट गर्दै उनले गरेको टिप्पणीका कारण यतिबेला उनी मिडियामा छाएकी छिन् ।

आफ्नो मातृभूमी नेपालकाे समर्थनमा उत्रिएर सबैकाे लोकप्रिय बनिरहेकी उनी अब नेपाल आउने तयारीमा रहेको जनाइएको छ । उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै भारतको मुम्बईमा बस्दै आएकी छिन् । उनका बुवा र आमाकाे बैशाख १८ गते नै नेपाल आउने कार्यक्रम थियो जुन लकडाउनले गर्दा राेकिएकाे छ । अब भने उनीहरुकाे साथसाथै मनिषा पनि जतिसक्दो चाँडै नेपाल आउने कार्यक्रम रहेकाे मनिषाका बुवा प्रकाश कोइरालाले दिएको जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (100%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments