English

Full Package Of Entertainment.

अब सम्झनामा मात्र वरिष्ठ गीतकार रत्नशमशेर थापा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ – नेपालका वरिष्ठ गीतकार रत्नशमशेर थापाको मृत्यु भएको छ । ८३ वर्षिय थापाकाे बिहीबार दिउँसो १२ बजे नर्भिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे संगीतकार महेश खड्काले जानकारी दिएका छन् ।

केही वर्षदेखि नशासम्बन्धी समस्यासँग जुधिरहेका थापालाई बुधबार बेलुकी अस्वस्थ भएपछि उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

त्यस्तै, २०१८ सालदेखि गीत लेखनमा सक्रिय थापाले लेखेका जाग लम्क चम्क हे, विछोडको पीडा, ए कान्छा, घुम्तीमा नआऊ है, फूलैफूलको मौसम लगायत गीत एकदमै लोकप्रीय छन् । यसका साथै उनले फूलको डाली, पृथ्वी, जुन, उकाली आरोली, अवतार, रानीखोला, प्रतिक्षा लगायत चलचित्रमा गीत समेत लेखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments