English

Full Package Of Entertainment.

एउटै नाम हुँदा वर्षा शिवाकोटीलाई पर्नु पर्याे पीर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

ग्ल्याममान्डु, काठमाडाैँ – नेपाल भारत सीमा विवादका विषयमा बाेल्दा नायिका वर्षा राउत आइतबार बिहानैबाट विवादमा मुसिएपछि छिन् । उनकाे बारेमा चर्काे विराेध भएपश्चात वर्षा राउतले माफी पनि मागिसकेकी छिन् । तर पनि उनकाे आलाेचना अझैसम्म पनि कायम रहेकाे छ ।

नायिका वर्षा राउत विवादमा मुसिँदा एउटै नाम पर्नाले यता अर्की नायिका वर्षा शिवाकोटीलाई समेत पर्नु पीर परेकाे छ । वर्षा राउत भन्दै सामाजिक सञ्जालमा वर्षा शिवाकोटीकाे तस्विर राखेर  ट्रोल बनाइ उनलालाई पनि गाली गरियाे । साेही कारण हाल वर्षा शिवाकोटी तनावमा छिन् ।

वर्षा राउतसँग आक्रोशित बनेका दर्शकले एकपछि अर्को गर्दै शिवाकोटीलाई समेत गाली गर्न थालेपछि उनले आफ्नो नाम वर्षा भए पनि म वर्षा शिवाकोटी हुँ भन्दै गाली नगर्न आग्रह नै गर्नु परेकाे छ । यसरी अरूको कारणले आफूले गाली खानुपर्दा दुख लागेकाे उनले बताइन् ।

गाली आउने क्रम नराेकिएपछि उनले आफ्नाे सामाजिक सञ्जाल फेसबुकमा एउटा पाेष्ट गर्दै स्टाटसमा लेखेकी छिन्, “नमस्ते म वर्षा शिवाकोटी, धन्यवाद ।” याे सँगै तल उनले (मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम र थर हेर्ने कष्ट गरिदिनु हाेला) थपेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Comments