English

Full Package Of Entertainment.

कहाँ पाइएला पिरको ट्याब्लेट ??

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

ग्ल्याममान्डु, काठमाडौं – मानिस चेतनशील प्राणी हो । मानिसमा अन्तरनिहीत लोभ, मोह, घमण्ड अहङ्कार, दया, डर, चिन्ता, पिर आदि भावहरू लुकेर रहेका हुन्छन् । बेलाबखत यस्ता कुनै न कुनै भाव बाहिर प्रकट हुन्छन् । त्यस्तै, भावहरूमध्ये एउटा हो पिर यसलाई मनको बह पनि भन्दछन् । त्यसैले होला “मनको बह कसैलाई नकह” भन्ने उखान बनेको छ । यदि आफ्नो मनको बह उपयुक्त पात्र र उचित अवसरमा अरू समक्ष प्रस्तुत गर्न पाउँदा मनको भारी हलुका भएको महसूस हुन्छ । मानिस मात्र नभएर यस संसारका जे जति प्राणीहरू रहेका छन् ती सबैमा एक न एक प्रकारको पिरले सताएकै हुन्छ । व्यक्ति विशेष र क्षेत्र अनुसार पिरका प्रकार फरक फरक हुन्छन् ।

मानव विकासक्रमका विभिन्न अवस्थाका व्यक्तिहरू बालकदेखि युवाअवस्था अधवैँसे र वृद्दाअवस्थासम्म सबैलाई यो पिरले सताएकै हुन्छ । बालक कालमा आफ्ना चाहना पुरा नहुँदा पिर, खेल्न नपाउँदा पिर, युवा अवस्थामा साथी खोज्ने पिर, साथीले छाड्ला भन्ने पिर, घुम्न नपाउँदा पिर, विवाह नभएकाहरूलाई कस्तोसँग हुने हो भन्ने पिर, भइसकेकालाई अरूको जस्तो नहुँदा पिर, कसैलाई राम्रा भएनन् भन्ने पिर राम्रा भए अरूका आँखा लाग्ला भन्ने पिर, विवाह पश्चात घरबार कसरी चलाउने भन्ने पिर, सन्तानको पिर, वृद्दावस्थामा केश पाकेको पिर, साहाराको पिर अनि बाँकी जीवन कसरी व्यत्तित गर्ने भन्ने पिर, सन्ततिको पिर, इष्टमित्र नाताको पिर इज्जतको पिर आदि ।

सम्पत्ति नहुनेलाई भएन भन्ने पिर हुनेलाई कसरी बढाउँ भन्ने पिर,निम्न वर्गलाई विलासी जीवन बिताउने पिर, भएपनि पिर नभए पनि पिर सन्तान नभए भएनन् भन्ने पिर भए कहिले हुर्केलान् भन्ने पिर, साना भए मर्लान् भन्ने पिर, ठूला भए मार्लान् भन्ने पिर । जीवनमा पिरै पिर समाजका हरेक वर्ग र समुदायका व्यक्ति यो पिरबाट मुक्त छैनन् । पढ्न नपाउँदा पिर, राम्रो पढ्न नसक्दा पिर, असफलताको पिर, राम्रो श्रेणी नआउँदा पिर, अरूले उछिन्लान् भन्ने पिर, जागिर नपाउँदाको पिर, पाएमा बढुवा र सरूवाको पिर, जिम्मेवारी बहनको पिर, अवकाशको पिर, हाकिमको पिर, कार्यालयमा हाकिमलाई प्रशासनको पिर, पियनलाई हाकिमको पिर, साहुलाई सावाँको पिर आसामीलाई व्याजको पिर, किसानलाई खेती सिचाइँ, गोडमेल र उत्पादनको पिर गोठालोलाई गाईवस्तुको पिर, भरियालाई भारीको पिर, माग्नेलाई भिक्षाको पिर, व्यवसायीलाई उद्योग धन्दाको पिर, व्यापारीलाई नाफा नोक्सानको पिर, कारिन्दालाई कारोबारको पिर, ठेकेदारलाई ठेक्काको पिर, मजदुरलाई श्रमको पिर, बेरोजगारलाई रोजगारीको पिर, विदेशिएकालाई स्वदेशको पिर, शिक्षकलाई विद्यालयको पिर, विद्यार्थीलाई पढाइको पिर, अभिभावकलाई शुल्कको पिर, डेरावालालाई घरभाडाको पिर, घरबेटीलाई किस्ता तिर्ने पिर, पुरोहितलाई कर्मकाण्डको पिर, यजमानलाई असली पुरोहितको पिर, ज्योतिषलाई भविष्यको पिर, वैज्ञानिकलाई आविष्कारको पिर, डाक्टरलाई बिरामीको पिर, पाइलटलाई उडानको पिर, ड्राइभरलाई गाडीको पिर, कन्डक्टरलाई टायरको पिर, यात्रुलाई भाडा, गन्तव्य र दुर्घटनाको पिर, पूजारीलाई मन्दिरमा चढाउने भेटीको पिर, भक्तजनलाई दर्शनको पिर, जताततै पिरै पिर ।

हजुरबालाई नातिको पिर, हजुरआमालाई नातिनीको पिर, बाबुआमालाई छोराछोरीको पिर, मामा माइजुलाई भान्जा भान्जीको पिर, दिदी भिनाजुलाई सालासालीको पिर, काकालाई भतिजाको पिर, भतिजालाई गलफ्रेन्डको पिर ,गलफ्रेन्डलाई डेटिङको पिर, च्याटिङको पिर, टिकटकको पिर, पोष्टको पिर, लाईक कमेन्टको पिर, नेतालाई चुनावको पिर, पदको पिर, जनतालाई राहतको पिर, अख्तियारलाई भ्रष्टचारको पिर, भ्रष्टलाई कारवाहीको पिर, चोरलाई पुलिसको पिर, पुलिसलाई डियुटीको पिर, कमाईधन्दाको पिर, विद्वानलाई मुर्खको पिर, वकिललाई वकालतको पिर, वहसको पिर, न्यायाधिसलाई फैसलाको पिर, डाक्टरलाई बिरामीको पिर, बिरामीलाई उपचारको पिर, पसलेलाई ग्राहकको पिर, ग्राहकलाई महङ्गीको पिर, बटुवालाई वासको पिर, प्रशासकलाई शासनको, पिर जताततै जहिल्यै पिरै पिरको भारी बोकेर मानिस यो भारी बिसाउने कुरामा पनि पिरै गर्दछ।

मान्छेको मन न हो नपाउँदा कस्तो पाएपछि सस्तो भन्ने अनुभूति गर्दछ दुख आपत् विपत् मलाई मात्र हो अरुलाई त आन्नद र सुखी ठान्छ अरुकै काम र पेशा ठिक लाग्छ सजिलो देख्छ आफ्नो चाँही बेठिक र कठिन ठान्छ यसैकारण उसका मनमा पिर उबजन्छ यो उसको व्यक्तिगत बुझाइ र हेराइ मात्र हो। मानिस समाजमा बस्ने समाजिक प्राणी हो। यहाँ भित्र अनेकौँ विविधताहरु रहेका हुन्छन् सबैका आ-आफ्नो चाहनाहरु हुन्छन् सपनाहरु हुन्छन् समय र परिस्थितिले कसैको इक्षा र आकाङ्क्षा पुरा हुन्छन् त कसैका सपनाहरु अधुरै र अपुरै रहन्छन् वन जंगलमा बस्ने जनावर पशुपन्छी, पानीमा बस्ने जलचर आदि जीवहरु स्वतन्त्र र उन्मुक्त अवस्थामा बाचेका पिरमुक्त अवस्थामा रहेका कल्पना मानिस गर्दछ तर त्यसमा पनि आ-आफ्नै प्रकारका समस्या र चिन्ताहरु रहेका हुन्छन्।

आकाशमा स्वतन्त्र भएर उडेका चराहरु देखेर मानिस दंङ्ग पर्छ आफू पनि त त्यसैगरी उड्ने कल्पना गर्न पुग्दछ तिनीहरुमा पनि पिडा र व्यथा हुन्छन् स-साना चराहरुलाई चिल गिद्ध र वाजको आक्रमणको पिर वाँणको तीरले छेड्ने पिर वन्दुकको गोलीको पिर वन वुट्यान चार्दै हिड्ने मृगलाई बाघ भालुको आक्रमणको पिर वाघ भालु आदिको चिन्ता भ्यागुत्तोलाई सर्पको सर्पलाई न्याउरी मुसाको पिर मुसालाई बिरालाको पिर नदीका माछालाई समेत बल्छी र जालको पिरमा बाच्नुपर्दछ । संसारमा जतिपनि जीवहरु उत्पति र विकास भएका छन्। एकलाई अर्को प्राणीको डर, चिन्ता र पिर रहेकै हुन्छ। मानिस चेतनशील प्राणी भएकाले उसमा निहित ज्ञान, वुद्धि र विवेकको प्रयोग गरेर अरु प्राणीको तुलनामा सुरक्षित जीवन बिताउने उपायको खोजी गर्न सक्छ मनका पिर व्यथा र बेदना हटाउन खेलकुद, संगित,चलचित्र, भ्रमण मनोरञ्जन जस्ता माध्यम अपनाउन पुग्छ अस्थायी रुपमा केही समय हटेपनि यसको स्थायी समाधान गरेर सदाका लागि पिरबाट मुक्त हुन सम्भव छैन एउटा पिर हटे अर्को पिर थपिन्छ आफ्नो जीवन यात्राको क्रममा मृत्युको पिर थपिन्छ आफ्नो धन सम्पत्ती घर परिवार, नातागोता इष्टमित्र, साथीभाइ समाज सबैलाई छाडेर सदाका लागि यस धर्तीबाट बिदा हुन्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • उत्साहित (100%)
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • आक्रोशित (0%)

  • 72
  •  
  •  
  •  
  •  
  •  
  •  
    72
    Shares

Comments