English

Full Package Of Entertainment.

कोरोना संक्रमित अमिताभ भन्छन्, “स्वास्थ्यकर्मीहरु इश्वरकाे रुप हुन्”

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

ग्ल्याममान्डु, काठमाडौं – बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपश्चात यतिबेला उनी मुम्बईस्थित नानावती अस्पतालमा उपचाररत रहेका छन् । उनीसहित उनका छोरा अभिषेक बच्चनलाई हिजाे (शनिबार) कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियाे ।

अस्पतालमा भर्ना भएका उनले आज एक भिडियाे सन्देश जारी गर्दै सम्पूर्ण स्वास्थ्यकर्मीहरु इश्वरकाे रुप भएको बताएका छन् ।

भिडियोमा उनले केहिदिन अघि ट्वीटरमा पोष्ट गरेको एक पोष्ट उल्लेख गर्दै भनेका छन् – ‘के तपाईंलाई थाहा छ अहिले मन्दिर किन बन्द छन्, किनकी भगवान अहिले सेतो कोट लगाएर अस्पतालमा काम गरिरहेका छन् ।’

डाक्टर तथा नर्सहरुको सेवाप्रति नतमस्तक रहेको बताउँदै उनले कोरोना भाइरस विरुद्ध अहोरात्र खट्ने स्वास्थ्यकर्मीलाई इश्वरको उपमा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (0%)
  • दुखी (0%)
  • अचम्मित (0%)
  • उत्साहित (0%)
  • आक्रोशित (0%)

  • 28
  •  
  •  
  •  
  •  
  •  
  •  
    28
    Shares

Comments