Full Package Of Entertainment.

कथा: अव्यक्त प्रेम

  • 429
  •  
  •  
  •  
  •  
  •  
  •  
    429
    Shares

अंशु कार्की
समय संगै हाम्रो सोचमा बदलाव आएको छ। ६ कक्षाको पहिलो दिन उससित मेरो नजर जुधेको थियोे । त्यो उसका लामा परेली र काला आखामा म घायल भएको थिए । फर्स्ट भएर पनि त्यो स्कुल मा भर्ना हुदा बी सेक्सनमा परेको थिए । तेही कारण उससित मेरो भेट भएको हो।

कक्षामा सबै विद्यार्थीहरु नयाँ थिए।कसैसित पनि राम्रो परिचय थिएन। एउटै कक्षाबाट पास भएर आएका साथीहरु “A” सेक्सनमा थिए म मात्रै “B” सेक्सनमा परेको थिए। १२ बजेको मिनी हाफ टाइम पछि उ मसित आएर बोल्यो ,उसले उसको नाम अनुभव भन्यो। तेहिबाट सुरु भयो हाम्रो मित्रता ।यति गहिरो भएछ कि त्यो मित्रता एकले अर्कोलाई देखे बिना रहन नसक्ने ।कुनै दिन उ स्कुल आएन भने मेरो आखाले उसलाई चारैतिर खोज्दथ्यो।

उ नआएको दिन सरले के-के पढाउनु भयो थाहा नै हुन्थ्यो। मनले उसलाई नै खोज्दथ्यो,उससित रमाएका पलहरु मानसपटलमा घुमी रहन्थ्यो। स्कुल पढदा मेरा खासै केटी साथीहरु भएन । उ नै best friend थियोे । एउटै बेन्चमा बस्नु,ब्रेकमा नि उसै हात समाएर हिडनु,झगडा गर्नु । बस उही नै थियो मेरो सबै भन्दा नजीकको आफ्नो भन्नू नै। म उसका प्रत्येक कुराहरुमा पागल थिए ।तर उसको मनमा के थियोे थाहा नै हुन सकेन।

सबैको अघि हामी असाध्यै मिल्ने साथी थियौ ।तर मेरो मनमा उ प्रती अघात प्रेम थियोे ।जुन मैले उसलाइ कहिले व्यक्त गरिन। वर्षहरु बितेर गएर,उससित स्कुलमा बिताएका प्रत्येक पलहरु उस्तै ताजै छ।

जब हामी ९ कक्षामा थियौ उसले आफ्नो स्कुल परिवर्तन गरेर शहर पढन गयो। अनि म एकदम मै एक्लो भए । उ जति नजीकको साथी कोहि हुन सकेन। उ भन्थ्यो तिमी भएनौ भने म एक्लो हुनेछु।तिमी जति मिल्ने साथी कोहि पाउदिन भन्थ्यो।हुन पनि म कहिले कहिले स्कुल नजादा चिट्ठी नै लेखेर पठाउने गर्थ्यो । कहाँ अहिलेको जस्तो फोन हुनु थ्यो बेला नत्र त हामी घन्टौ फोन मै व्यस्त हुने थियौ होला ।

उ बिनाको समय कसरी काटने होला भनेर सोच्दै उ मबाट टाढा भयो। उ त्यहाबाट जानू अघि मलाई तेहि स्कुलमा भेट्न बोलाएको थियोे । हामी करिब ३ घन्टा एकोहोरो रोइ रहयौ।यसरी रोयौ कि
हामी प्रेमी-प्रेमिका थियौ । तर उसले नि मलाई उसको मनको भाव भनेको थिएन न त मैले नै। खै किन रोयौ त्यसरी हामी।

उ बिनाका समय काटन मुस्किल त छ दै थियोे ।उ बिना नि आफुलाइ बानी पारे। उसले कहिले काहीँ मेरो नाममा पत्र पठाउथ्यो। बिदामा घर आएको बेला भेटने गर्थ्यो। उ भन्थ्यो उसले नयाँ स्कुलमा असल साथी भेटेको छ रे। उसको नाम छाया रे। उसको कक्षाको फर्स्ट गल रे। स्कुल गएको पहिलो दिन नै उसित मित्रता कायम भएको रे। तर भन्थ्यो मलाई उसले भुल्न सक्दैन रे।

कहाँ उ बिना रमाइलो हुन्थ्यो र। बस मनलाइ कतै बललाएको मात्रै थिए । हाम्रो मित्रता यसरी नै चली रहयो।उसले त्यो स्कुलबाट राम्रो सित नै S.L.C पास गर्यो मैले नि यताबाट पास गरे। अब हामी जवान भै सकेको थियौ । उ जहिले नि एउटा कुरा भन्छु भन्दथ्यो। तर कहिले भनेन। उसको मनमा के थियोे आज सम्म नि थाहा हुन सकेन।

बस हाम्रो मित्रता उस्तै छ न त मैले उसलाई केही भने न त उसले केही भन्यो। वास्तवमा पहिलो प्रेम धेरैको अव्यक्त नै हुने रहेछ भन्ने महसुस हुन्छ। उ आज राम्रो पोस्टमा पुगेको छ।उसको प्रगतिमा यो मन असाध्यै रमाउछ। कहिले काहीँ दुख,पीडा भयो भने घन्टौं फोन गरेर हामी एक अर्कोसित रुन्छौ.. सम्झाउछौ तर पनि उसलाइ म तिम्रो प्रत्येक सुख-दुखमा साथ दिन्छु भन्न सक्दिन। केही कुरा भन्न खोज्यो कि मन त्यसै अतालिदिन्छ। कतै हाम्रो वर्सौ लामो मित्रता टुटी जाने पो हो कि भनेर धेरै डर लाग्छ ।

म उसलाइ कुनै पनि हालतमा घुमाउन चाहन्न। उ मेरो जीवनको सहयात्री नभए नि एक सबै भन्दा नजीक ,बिश्वास गर्न लायक बच्चादेखि साथी हो। उसले जति मलाई र मैले जति उसलाई कस्ले बुझेको छ।बस हामी बिच एक निश्चल,पवित्र प्रेम थियोे,मात्रै व्यक्त नभएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुशी (45%)
  • अचम्मित (20%)
  • आक्रोशित (15%)
  • दुखी (10%)
  • उत्साहित (10%)

  • 429
  •  
  •  
  •  
  •  
  •  
  •  
    429
    Shares

YouTube

Comments
Loading...